Skip to content

मेरी मायालुलाई

BheshRajRijal


म घाउसँग रुँदा मल्हमपट्टी भइथिन्
म एक्लो हुँदा मनमै आई बोलिथिन्
जंघार तरिन् कि मझधार परिन्
उजाड बगर त झरिनहोलिन्
थकित तनसँग सोधिरहेछु ।
मेरी मायालुलाई आज खोजिरहेछु ।

म घाउसँग रुँदा मल्हमपट्टी भइथिन्
म एक्लो हुँदा मनमै आई बोलिथिन्
जंघार तरिन् कि मझधार परिन्
उजाड बगर त भरिनहोलिन्
थकित तनसँग सोधिरहेछु ।
मेरी मायालुलाई आज खोजिरहेछु ।

मेरा अधर–अधरमा उनको गीत छ
मेरा पलक–पलकमा उनको प्रीत छ
वसन्त पर्खुँ कि शिशिरमै आउँछिन्
चौबाटो कुरुँ कि मनमै उदाउँछिन्
तृषित नयनसँग सोधिरहेछु ।
मेरी मायालुलाई आज खोजिरहेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *