लोकप्रिय बजेट के, साह्रो हालिस् वाह सरकार
गरिबलाई महँगिको, धारो हालिस् वाह सरकार
आन्दोलनमा उफ्रने त, कर्मचारी मात्रै न हुन्,
२५ % तिनलाई पनि, चारो हालिस् वाह सरकार
सांसदलाई बजेट थपियो, तलव भत्ता सबै बृदि,
भ्रष्टचार गर्ने थप, दाह्रो हालिस् वाह सरकार
सामाजिक सुरक्षामा, भत्ता दोव्वर जनता खुशी,
झुक्याएर क्या मज्जाले, छारो हालिस् वाह सरकार
