आमा आमा भन्दै, म कुन मन्दिरमा धाऊँ
तिम्रो दर्शन पाउने, कुन हो प्यारो ठाऊ
तेरो मेरो भन्दै, कतिदिन म दु:ख पाऊँ
चाँडो मुक्ति पाउने देखाइ दिनुहोस ठाऊँ ।।१।।
यो संसार घुमफिरी डुल्दा हेर्दा मैले
आनन्द आको, शान्ति पाको देखिन मैले अर्को
देखिन्छ लोभ, मोह क्रोध आत्र धेरै भाको
खोइ त प्रभु प्रत्य्क्ष हजुरको दर्शन पाको ।।२।।
जहाँ जहाँ जान्छौ हामी देखिन्छ लोभ भाको
किन होला मनुष्यमा अँझ चेतना नाअको
ऐनकानून नभए जस्तो किन भो देशमा
दया गरी मनुष्यमा दिनुस ज्ञान प्रभु ।।३।।
सच्चा इमान्दार खोज्न अब कहाँ जाने
खोज्दा सतपुरुष पाउन दुर्लभ ठाने
कलिको उत्पति हुने बेला भएकै हो त
नेपालमा प्रलय हुने बेला आएकै हो त ।।४।।
हे माता महाकाली तिम्रो स्तुति कसरी गर्ने
तिम्रो दर्शन पाउन कुन मन्दिरमा आउने
तिमी नै सक्दछ्यौ उद्वार गर्न अरु कल्ले सक्दछ
तिम्रै चरणमा पर्छौ भन अब मे गर्नु पर्छ ।।५।।
अञ्जलिमा पुष्पशिवाय केही छैन दिनु
लिनु शिवाय अरु केहिरहेन छ दिनु
पर छैन जाने दिन कसरी पार तर्ने हो
भब सागर तर्न भन के गर्नु पर्ने हो ।।६।।
गौरी भएर तिमी भवसागर तार्दछ्यौ
शरणमा आउनेलाई उद्वार गर्दछ्यौ
तिमी हौ माता भवानी, तिमी नै सृष्टिकर्टा
तिम्रै शरणमा आए शिर पखाली म त ।।७।।
कोटि- कोटि प्राणीको तिमी संर्क्षक हौ
प्रत्येकको घट घटमा गैइ बस्दछ्यौ
पशु पन्छी प्राणीको दु:ख हरण गरिदेऊ
हरेकको मष्तिकमा शान्ति गराईदेऊ ।।८।।
भावना मैले व्यक्त गरें सबै प्राणी पन्छीको
दु:ख पुकार सुनिदेऊ भक्तजनार्जनको
दु:ख हरण गर्ने पाप पूण्यकी साक्षी
कोटि प्रणाम गर्दछु म छातीमा हात राखी ।।९।।
कविता- संयोग-बियोग
रचना- शम्भु बहादुर भण्डारी- खानिखोला, नौविसे, धाडिङ
मोनं-९८४१९८६५२५
समय सन्दर्भ- भुइचालोको प्रभाव
स्वास्थ्य- नैराश्यता
आस्था- माता भवानी
पूर्णिमा १० फागून२०७२ प्रभात- ६:३० )
