ढोका बाहिर चिटिक्क परेर उभ्भिएको मानिस देखेर सोधेँ – “केही काम थियो कि?”
उसले भन्यो – “हजुर म भिखारी भिख माग्न आ’को।”
अचम्म लागेर उसलाई तल देखि माथिसम्म हेरेँ। ऊ निष्पृह उभीईरह्यो भित्र गएर एउटा कचौरामा चामल लिएर निक्लेँ, झोला थाप्ला कि भनेर सोधेँ – “भाँडो खोई त?”
“हजुर म त उत्तर आधुनिक भिखारी, कमण्डलु पनि दातासँगै लिने हो।”
सौराहाद्वार, चितवन
२०७४ भाद्र २० गते।
