Skip to content


बाबा तपाईं आरामै हुनुहुन्छ ? साह्रै खुसी लाग्यो । मलाई यति साह्रो तकलिफ गरेर हेरचाह गर्न फेरि आउनु भएकोमा । दुनियाँ स्वार्थी छ । तपाईंको मुसुमुसु चेहराको सम्झनाको झोँकाले तपाईं आउनु भो भन्ने थाहा पाएँ, मैले साथ पाएँ । तपाईंको दुनियाँ र मेरो दुनियाँ फरक छ । मैले तपाईंलाई भ्रूणको हत्या नगरौंबाट मेरो पहिलो सन्तानलाई भेटेसरी भेट्ने चाहना राखेको थिएँ तर त्यो बाटोमा जानु अगाडि नै तपाईं आइपुग्नु भो । यत्ति साह्रो आजसम्म पनि मलाई हेरचाह गर्नुहुन्छ । यो मैले सोचेको पनि छैन । तपाईंले सोच्नु होला मलाई कत्ति डर लाग्छ भनेर । तर होइन म कुनै पनि डर मान्दिन । बरु तपाईंको मुस्कान मलाई मनपर्छ । तपाईं अग्रज हुनुहुन्छ । तपाईंको भुसुनाको रुप देखेँ । तपाईंको बत्तीकीराको रुप देखेँ बिपनीमा भने सपनीमा लेटिएको उत्तराङ्ग सशरीर साक्षात दर्शन पाएँ ।

यो आजको संसारको चिढचिढापनसँग मलाई सरोकार छैन । म आज तपाईंको सामिप्यताले गर्दा धेरै नै एकाङ्कीपनबाट टाढा भएको छु । आज म तपाईंलाई धेरै सम्झिरहेको छु । तपाईं धरोहर हुनुहुन्छ । तपाईं मेरो मन, मुटु र मष्तिस्कमा छाइरहनु भएको छ । तपाईंलाई आव्हानै नगरी आइदिनु भो, योभन्दा अरु खुसीको कुरा के हुन सक्छ र ? सारै रमाएको छु म तपाईंसँग । तपाईंसँग लुटुपुटु गरी लुट्पुतीन मन लागेको छ । आहा कति मज्जा लाग्यो, साक्षात दर्शन त यस्तो दर्शन । साक्षात मिलन त यस्तो मिलन । अहिले आकाशमा हुचिल कराइरहेको छ, लक्ष्मीका बाहन लाटोकोसेरो कराइरहेको छ । यस साक्षात घडीमा म मदमस्त भई तपाईंको कल्पनामा बहिरहेको छु । यस घडीमा म निरन्तर तपाईंसँगै सललल तैरिरहेको छु । आजको यस स्वार्थी युगमा तपाईँ जस्तो निःस्वार्थी व्यक्तिको छबीको मोहक आवरणको साथ पाएँ । आज यत्तिबेलै मैले कोक्याएँ । मलाई तत्कालै बाडुली लाग्यो । तपाईंलाई मर्योभन्दा मरेको छैन भन्ने एक मात्र व्यक्ति म नै हुँ । चाहे समाजले, परिवारले यो नमान्ला तर म यी सबलाई लत्याएर तपाईँको काखमा बसिरहेको छु । तपाईं अहिले आउनुहुँदा यो आषढको पहिलो दिन थियो । बेगसँग हावा आयो । हावाले हातैले पल्टाएसरि तोयनाथको क्यालेण्डर पल्टायो । म झल्याँस्स भएँ, क्यालेण्डरको पन्ना पल्टाएँ । जेठबाट आषाढमा लगाएँ । योभन्दा बलियो प्रमाण के हुन सक्छ र ? तपाईंको पूर्णिमाको जूनसरि मुहार निकै तेजिलो छ । मुग्ध छ । धेरै के भनुँ मभन्दा तपाईंको लोकले यस्तो सारगर्भित कुरो मलाई सिकाइदिनु भएको छ । देशकाल परिस्थिति अनुसार कसरी चल्ने भनेर ।

हरेक मोडहरूमा म तपाईंसँग धेरै आभारी छु । चराको चिर्चिर्याहटमा, बजारको होहल्लामा पनि तपाईंको तरङ्ग दौडिएको चाल पाउँछु । यो एउटा मीठो सत्य हो । म गौरब गरिरहेको छु । म मदमस्त भइरहेको छु । जिन्दगी असल गर्नेका लागि निकै कष्टप्रद छ । किनकि असल गर्नेका लागि साथ छैन यहाँ । बरु तपाईंले अरु लोकबाट पनि सहयोग गरिरहनु भएको छ । खराब काम गर्दा जो पनि साथ दिन्छन् त्यसैले त म एक्लो छु । म आज पनि तपाईंसँगै तरङ्गित भइरहेको छु । तपाईंको हाम्रो भन्ने भाव निकै शक्तिशाली छ । तपाईंको मार्गदर्शन पनि निकै शक्तिशाली छ । त्यसैले त मसँग पनि हाम्रो भन्ने भाव र म एक्लो भए पनि गज्जपले शक्तिशाली रुपमा आफ्नो शरीरमा तैरिरहेको छ, सञ्चारित भइरहेको छ । मैले यथेष्ट चाल पाइरहेको छु ।

यहाँ जो पनि मलाई सिकाउन आउँछन् । जो पनि धम्कीको भाषा बोल्छन् । मैले सहेर बस्नु परेको छ । जिन्दगीमा सबै जो पनि गुरु बन्ने ज्यादा छन् । अनुसरण गर्नेहरू छैनन् । सारा संसारको हाल यस्तो छ । यस्तोमा म तपाईंको सहारामा आएको छु । तपाईंलाई मैले गुरु मानेको छु । मैले हे गुरु भनेर म तुच्छ व्यक्तिभन्दा ती भरौटेहरूले उनीहरूलाई गुरु भन्यो भनेर लाइक ठोक्छन् । थु्इक्क यस्ता लाज पचेका सामन्ती चरित्रका भीख मङ्गा नकचराहरू । हामीमा हामी भन्ने भाव छ । त्यसैले हामी समूहमा छौं । देश, काल, परिस्थिति अनुसार अभिवादन गर्दै जान्छौं । विकासका लहरहरू तरङ्गित गर्न हामी दुइको एकजुट शक्ति मलाई शक्तिशाली महसुस भएको छ । आजका रैथाने, जाँडमा भूल्ने ग्वाँगे, रक्सीमा भूल्ने ह्वास्ह्वासे, चुरोटमा भूल्ने वातावरणमा आतङ्क मच्चाउने आतङ्ककारीहरू नै हुन् । यस्ता जत्थाहरू जति पनि आए पनि यिनीहरूको समूल नष्ट नगरी मलाई सुख हुने छैन । म यसरी नै तपाईंको साथ पाइरहुँ । रक्तक्रान्तिको ज्वालामुखीमा कठोर यातनामा होमिए पनि आज जुझारु बनी प्रत्येक कदम चलाइराख्ने विचारमा छु । तपाईको आगमन जस्तो हर्षको वातावरण आज मैले पाएर प्रफुल्लित भएको छु ।

तपाईंको लोक र हाम्रो लोकमा धेरै भिन्नता होला । तपाईंले सङ्केत गर्दै जानु होला । आफूले जन्मँदा जति फोहोरी खेलाको बोली गर्यो त्यसत मान्छेले सर्धै यस्ता कार्यलाई आफ्नो रवाफ ठान्छन् । देशलाई बेश्याको हातमा दिन्छन् । मैले यही आशा गरेको छु कि तपाईँ चाहे अर्को लोकैमा किन नहोस् म तपाईंको मसँग मिल्ने आगमनको हरेक कुराहरूलाई आफ्नो पूरै शरीरले सम्झिरहन्छु है बाबा ? म भन्नु क हो त्यसबाट पनि सम्झिरहेछु । हामी भन्ने के हो ? त्यसबाट हामीले दिल खोलेर मिलेर एकजुट भएर लम्किने विचारमा कार्य गरिरहेको छु । कर्मठ हातहरू छन् मेरा । प्रत्येक दिन आजकै तपाईंको आगमनको झोँका यस मत्र्यमण्डलमा लाग्नेछ भन्ने विश्वास लिइरहेको छु ।

महान् ध्यानी बुद्धले जस्तो संसारको सारा खुसी पाए पनि त्यसलाई लत्याएर जन्म, मृत्यु हुनाको कारणको खोजमा निस्किए । सारा व्रम्हाण्ड नतमस्तक भए । हो मैले पनि कैयौं पटक आफू ठूलो सम्पत्तिको हकदार हुने मौका पाएँ । तर ती सबलाई लत्याएर दुःखीजनको भलाइका लागि यस असरल्ल समाजलाई सुधार्न म एकदम लागिरहेको छु । हो ! यो तपाईँको प्रतापको फल हो । आज मलाई चराले बाटो रोक्न आए । फेरि झुसिल्कीरा, सानो पुतलीले रोकी केही सिकाएर भए । हामीलाई प्रताडित पार्ने ती विचराको पनि कति सन्तान माया रहेछ मैले आभास पाए्रँ । विकासका पथमा सारा ठाउँमा जुन अन्धकार छ त्यसलाई आफू जलेर पनिदियो, मैनबत्ती बलेको जस्तो जलेर पनि हाम्रा अग्रज क नेताहरूबाट लम्किरहेको छु ।

संसार अनमोल छ । बाबा अरु के लेखुँ । यस रहस्यलाई तपाईं र ममै मात्र सीमित रहोस् । तपाईंको प्रतापको, प्रभावको तरङ्गहरूको आभास पाइरहुँ । निहत्था कसैको हत्या गर्न नपरोस् । संसारमा पर म तत्त्वहरूको मूल्याङ्कन भइरहुन् । आज तपाईंले मलाई यसकुराको लेखा राख्न जुन कोणकाट, जुन स्थानबाट भन्नुभयो म त्यसको अनुसरण अवश्य गर्नेछु बाबा । यस लोकमा सारा जीवहरू पापकर्म, स्वार्थ कर्मले उत्पीडित भएकोले सारै मन नमिठो भएको छ बाबा । म धनन्जय त होइन । म मोहम्मद पनि होइन । म जिसस पनि होइन । तर यी सबको नकारात्मक गुणाका सकारात्मक व्यक्तित्त्व हुँ ।

मेरो पाइनले भ्याएसम्म, मेरो शरीरले भ्याएसम्म, मेरो रातो रगतको क्रान्तिमय लालिप्यले यस संसारको अन्धकारलाई अवश्य नै तेजिलो बनाउने छ । २०६२ बैशाख ११को शहरूदको जुन भुँमरी छ त्यो अन्यमनस्क भएर दश वर्षपछि २०७२ बैशाख १२ भएको अवश्य हो । त्यसरी तिमी शहिदहरूलाई जसरी मलाई पनि छट्टी छ । यस छट्पटी हटाउन लागिपर्न यो मेरो तपाईंसँग सङ्कल्प भो । अहिले थुप्रै शहिदहरूका तरङ्गहरू दौडिरहेका छन् बाबा । तर आजलाई मेरो निद्रा बाबाको समायमन भयो त्यसैले आजका लागि बिदा बाबा । म फेरि तिम्रो, हाम्रो मानसपटलबाट जस्तो तरङ्गहरू फैलाएर ज्योति पुञ्ज जसरी चमत्कृत पार्न तपाईंको साथमा मेरो पहिलो सन्तानसँग जसरी लालिप्यमा आउने वाचा गरेँ । अहिलेलाई तिमीसँग छुट्टिएँ ल ?

२०७३ आषाढ ३ शुक्रवार रातको १२:३०
विजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौ
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *