मेरा चार मुक्तकहरु
मुक्तकः एक
देशैभरि अन्यायले सगरमाथा नाघेको छ
जतासुकै नैतिकताको खडेरी यो लागेको छ
कसैलाई केको धन्दा कसैलाई केको धन्दा
मलाई भने मुक्तक लेख्ने रहर मात्र जागेको छ ।
मुक्तकः दुई
मैले दिएको गुलाबको फूल तिम्लाई झार लाग्ने भयो
मेरो माया र विश्वास तिमीलाई भार लाग्ने भयो ।
खण्डै गरेर सम्झाएँ तर केही सिप लागेन
हारेको मनस्थितिबाट न वार लाग्ने भयो न पार लाग्ने भयो ।।
मुक्तकः तिन
मनमा चोट लागे मात्र केही लेख्न आउँदो रैछ
नपरिन्जेल मनमा चोट मनले सास्ती पाउँदो रैछ ।।
उनकै लागि भनी भनी रात दिन खटिरहें
सुन्छु ऐले उनीसँग अर्कै मान्छे धाउँदो रैछ ।।
मुक्तकः चार
परिश्रम गर्नेलाई परिश्रमको चाहा हुन्छ
सुती सुती खान्छ जस्ले उस्को मनमा डाहा हुन्छ
लुटिखाने नियत हुने यी हुन् चोर स्याल जस्ता
यिनलाई पसिनाको मूल्य कहाँ थाहा हुन्छ ?
