Skip to content

कर्महारा जिन्दगी

BirendraDhami


भाग्यलाई दोष दिन्छु कर्महारा जिन्दगीमा,
जब आउँछन मोडहरू अपठ्यारा जिन्दगीमा

आफ्नै साहसले अघि बढ्न खोज्नेहरूको यहाँ,
अरुकोभन्दा बेग्लै हुदो रैछ पारा जिन्दगीमा

रोक्दैन अंधेरीले जसको हौसला छ बुलन्द,
कौतुहलताको साक्षी बन्छ सारा जिन्दगीमा

धेरै हुनथाल्यो प्रदेशमा बुढी आमा छोडेर,
कसरी तिर्ने होला दूधको भारा जिन्दगीमा

सुनेनौ कसैको मनको कुरा तनमन दिएर पनि,
पाइन केही बाहेक आँसुको धारा जिन्दगीमा

विरेन्द्र धामी,
चौखाम ६ भौतीँ, बैतडी

Samyantra.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *