Skip to content

कुम्भकर्णे गजल


देशै भरी कुम्भकर्ण सारै घुरेका छन्
तिनका लागि घुर्ने मात्रै बर्दान जुरेका छन् ।

ढुक्क सुत्छन् कुम्भकर्ण लामो लामो घुर्दै
मानौ तिनले देशको विकास सबै तुरेका छन् ।

सुते पनि यिनका लागि सिकार आफैं आउने
चारैतिरबाट यिनलाई अौसर जुरेका छन् ।

कुम्भकर्ण सुत्तासुत्तै भुत्भुताउँछन् कैले
जनता भने ब्यूँझिएको ठान्दै कुरेका छन् ।

बिहानीको उज्यालोलाई पर्खिएर बस्ने
जनताका इच्छाहरु यिनले पुरेका छन् ।।

हामीजस्ता साहित्यका सेवीलाई पनि
कुम्भकर्णे गजलहरु निकै फुरेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *