उनीसंगको त्यो भेटमा
मन भावुक बनिरहेछ,
आज एउटा आफन्त
भेटे झैं लागिरहेछ,
मेरा एकांकीहरु
कतै निख्रिदै गएझैं।
एउटा नया साइनो जोडिए झैं।
तर कुन साइनो हो यो, ?
किन म जहिले पनि हराउँछु?
के यो प्रेम हो? प्रेम के हो?
के त्यो यस्तै हुन्छ?
तिक्तताहरु सम्पुर्ण पोखिरहेँ,
मानौं उनी मेरी आफ्नै हुन,
सहयात्री, अभिभावक, सबथोक।
किन यति धेरै विस्वास,
यति छिट्टै? किन यति धेरै ।
उनको मुहार पढ्छु,
धेरै उल्लासहरु देख्छु,
खुसीहरु छचल्किरहेका।
किन उनी यति धेरै हर्सित् छिन।
ममा के पाएकी छिन उनले?
के भेटेकी छिन् वा के देखेकी छिन्
उनीले देखेको झुटो रहिछ
मैले दिएको माया रहेछ
