Skip to content

खुट्टा तान्नेहरु


१)
म त सोझो मान्छे अरुको भलो चिताइरहे
भविष्यलाई ख्याल गरिन वर्तमानमा रमाइरहे
तर हुदा रैछन यहाँ पछाडिबाट खुट्टा तान्नेहरू
जति तान्छौ तान खुट्टा मेरो जिन्दगी संघर्षमा बिताइरहे

२)
वसन्त र ऋतुजस्तै फेरिएको तिम्रो मन
भुइँमा रहेको कसिङ्गर जस्तै छरिएको तिम्रो मन
यदि पछाडिबाटतिर हान्ने व्यक्ति नै पर्यौ
रहेछ घृणा न घृणाले भरिएको तिम्रो मन

३)
देखाइरह्यौ जहिले यो मनमा आस
महलको सपना देखाई बनायौ झुपडीको बाँस
आउने थिएन होला यो दिन यदि मनकारी भइदिएको भए
तर बनाइदियौ ज्यूँदै मरितुल्य लास

४)
बिगत त बितेर गयो रमाउनु वर्तमानमा
मानव सोच्थे दानव रैछ त्यो मनमा
जिन्दगी त एउटा संघर्ष हो आफ्नो
सबैको भलो चिताइरहे रहेन पाप यो मनमा

सबिन मगर
चिसङ्खुगडि-३, ओखलढुंगा

Leave a Reply

Your email address will not be published. Required fields are marked *