सुख संग “बाच्न” दिएन नीयतीले।
दिल खोलेर “हास्न” दिएन नीयतीले।।
जती सुकै धनको भकारी भरेपनी
अमुल्य समय “साच्न” दिएन नीयतीले।।
सुख छैन दुखैदुख जिवनभरी भागमा,
उजाड चोला “नास्न” दीएन नीयतीले।।
आफन्त बाटै घात बारम्बार भइरहदा,
खराब सम्बन्ध “मास्न” दीएन नीयतीले!!
मग्न मस्त हुन्छ चरी आफ्नै धुनमा,
चरी जसरी “नाच्न” दीएन नीयतीले।।
सन्दीप आचार्य
नवलपरासी
