#गजल_सम्बेग
सम्हालीदैन आँशु धारा अतीत सम्झेर।
लाग्छ,रहेछु कर्महारा अतीत सम्झेर।।
किन मलाइ दुश्मन चुन्यो नियतीले
गर्दैछु जीवन गुजारा अतीत सम्झेर।।
टुटाएर लडाउन सिपालु यो दुनीया
पक्षपाती लाग्छ सारा अतीत सम्झेर।।
नटुंगीने रहेछ सम्झनाका गोरेटाहरु,
बदलीएन जिउने पारा अतीत सम्झेर।।
अरे यो मन पनी कती कमजोर रहेछ,
खोज्छ स्वार्थी कै साहरा अतीत सम्झेर।।
सन्दीप आचार्य
नवलपरासी
