Skip to content

चन्द्र झै मुहार खुलेकी ,छानेर ल्याए।
जान्न जान्न भन्दै थिइ, तानेर ल्याए।।

धनको फुर्ती लगाउने हैस्यत मेरो छैन,
मधुर कुराले मुटुमा प्रहार ,हानेर ल्याए।।

पक्कैपनी कुनै दिन बन्धनमा बाधिनु छ,
आखीरमा ल्याउनु नै थियो, जानेर ल्याए।।

बिश्वासघात अचेल आफन्तले नै गर्छन,
पराए नै भएपनी आफ्नै ठानेर ल्याए।।
सन्दिप आचार्य
नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *