पहिलो भेट मै मायाका कुरा हुन्छ
मुखमा रामराम बगलीमा छुरा हुन्छ
तिमीमाथि हैकम जमाउनकै लागि,
सुरुवातका सबै मागहरू पुरा हुन्छ
कसमका कहरहरू मन्द सुस्ताउछ,
उप्रान्त प्रेमका हर वाडी मधुरा हुन्छ
क्षण मै आँधी आई सितलता दिन्छनै
भत्किन्छ घर,सपना सबै अधुरा हुन्छ
सन्दिप आचार्य
नवलपरासी
