Skip to content

कामै कामले फुर्सद हुदैन कुनै बेला पर्देशमा।
कमाइ हुदैन र हुन्छ झन झमेला पर्देशमा।।

मरुभुमी मा पत्थर अनी गीट्टी रोडनु पर्छ,
हात्केला भरी उठछन हजुर ठेला पर्देशमा।।

मटु जल्छ हासे खेलेका असीम यादहरुले,
साथीहरु संग हुन पाइदैन भेला पर्देशमा।।

स्वदेशमै कर्म गर्थे अवसरहरुको कमी भयो,
नियतीले बन्न कबुलायो चेला पर्देशमा।।

मिर्मीरेको साइरनले रहन्छन सपना अधुरा,
मुख धुन पनी हुन्छ हजुर अबेला पर्देशमा।।

मरी मरी दिनरात काममा खटीइदा पनी
गाली गर्छन सहनु पर्झ  हेला पर्देशमा।।

रात ढल्छ गाँउ फर्कीने दिन हरु गन्दै,
घरमा सोच्छन ,गरीरहेछ खेला पर्देशमा!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *