आज फेरि गाउँको बारे लेख्न मन लाग्यो
पदेशीलाई जन्मेको ठाउँ देख्न मन लाग्यो
घाँस दाउरा मेलापाता गर्दा सधैं थकाई मेट्ने
सिरेनीको चौपारीमा टेक्न मन लाग्यो
गैरी खेत र सिमसारबाट बग्ने चिसो पानी
घरैछेउको पँधेरीमा छेक्न मन लाग्यो
पूर्णिमा र पन्चमिको पुजानाता गर्ने ठाउँ
श्रीशिद्ध र देवीस्थानलाई भेट्न मन लाग्यो
तुपुङ्ग लेङ्गा-ढाव एउटै परिवारको झल्को आउँदा
यो दिलबाट “परदेशी” नाम मेट्न मन लाग्यो
गणेश थापा
खड्गकोट -६, ढाव गुल्मी
हाल: प्रदेश वाट
