Skip to content

टाढा छु म…!

थापा

टाढा छु म तिमिलाई भेट्न आउन सकिन
अजम्वरि चोखो माया लाउन सकिन !

अनायाशै चर्किंदा मन सम्झिएर अतितहरु
प्रदेशबाट दिनका दिन ढाउन सकिन!

तिमि बिना जिन्दगी नै अधुरो पो हो कि जस्तो
लाग्थ्यो तर तिम्रो साथ पाउन सकिन!

पश्चातापमै तड्पिएर प्रदेशमा बस्नु पर्दा
तिम्रो नामको प्रेम गित गाउन सकिन !

लाग्छ अचेल प्रदेशिको माया ब्यर्थ हुँदो रैछ
तिम्रो कोमल हृदयमा रमाउन सकिन!

गणेश थापा
खड्गकोट-६, गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *