Skip to content

आफ्नो सौन्दर्य छोप्छ्यौ किन ?


रवि पछि लगाएर, नित्य प्रात: उषा किन?
पूर्वबाट चियाएर, लाग्ने पश्चिम नै किन ?

घुम्टोले मुख छोपेर , लुक्ने सदा तिमी किन?
झ्यालबाट चियाएर, लम्की लुक्ने तिमी किन?

तिम्रै मुहार हेर्नै नै, पछि पछि उनी किन?
हेर्न मुहार दिन्नौ र , छोप्छ्यौ मुहार नै किन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *