मेरा वा ले सिकाएको परम्परालाई लत्याएर
तिम्रो सामु आएको छु पृया,
मेरो देशले लाउन सिकाएको गुन्यूचोली
तिम्रो आङमा नदेख्दा
तिमीलाइ झन झन सुन्दर देख्न थालेको छु,
तिम्रो निर्वष्त्रिएका लजालु गहनाहरुलाइ छोप्न
मेरी आमाले वुनिदिएको वर्को ल्याएको छु पृया,
तिम्रो आकासझैं छचल्किएको प्रेमको लागि
ह्याप्पी भ्यालेन्टाइन डे पृया,
तिम्रो खुला आकासझैं लाग्ने शरिर देख्दा लाग्छ
मेरो देशको सरगमाथा तिम्रै आङमा
टक्रक्क उभिएको छ,
जसलाइ जुनेली रातझैं लाग्ने मेरो
मायाले भनिरहेछ
ह्याप्पी भ्यालेन्टाइन डे पृया,
तिम्रो सुन्दरता र मायाको वयान गर्ने शब्द
अव मेरो भाषा र मेरो देश सँग रहेन,
तिम्रो हाम्रो मायाको वयान नेपाली पनमा
गर्न सक्दिन पृया,
तिमीलाइ मेरो ममतामयी माटो जस्दै
माया गरे भने
सायद म तिम्रो नजरमा पाखे हुनेछु,
त्यसैले त मेरो मायाको चिनो
ह्याप्पी भ्यालेन्टाइन डे पृया ।।।
