Skip to content

पशुपति महादेव तिमी नेपाल पालक,

हाम्रो रक्षा सदा गर्छौ शान्ति माग्दछ बालक
पशुपति तिमीलाई नम: शिवाय भन्दछौँ,
आमा बाबु कता तिम्रा भनन सुन्न खोज्दछौँ।

पुत्र गणेश जेठा हुन् कान्छो कुबेर भन्दछन्,
पत्नी हिमाल पुत्री हुन् पार्वती सव जान्दछन्।

ब्रह्मा विष्णु महादेव बनायौ अति सुन्दर,
मिलेर तीन भाइले हाम्रो जगत सुन्दर ।

तिम्रै नै फुलवारीका हामी विविध फूल हौँ,
माली रक्षक हाम्रा हौ देऊ आशीष माग्दछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *