Skip to content


भोकाएका बेला भगवान्
खानेकुरामा बस्दो रहेछ क्यार
त्यसैतर्फ मान्छेको मन जाने।

अघाएको बेला भगवान्
मनोहरतामा रहँदो रहेछ क्यार
त्यसैतर्फ मान्छेको तन जाने।

पीडित बनेको बेला भगवान्
उद्वारमा भुल्कने रहेछ क्यार
त्यसैतर्फ जीवन उसको जाने।

सोचविचार गरी हेर्दा भगवान्
अभावमा बस्दो रहेछ क्यार
पूर्ण भएपछि अभावको
आनन्दभूति हुन जाने।

‘नेपाली गीत संग्रह’ पृ २५३

Leave a Reply

Your email address will not be published. Required fields are marked *