बात गर्छौ चोटिला के भा छ तिमीलाई
नजर छन् रसिला के भा छ तिमीलाई
फूल फुल्ने बेलामा, फक्रिने बेलामा
ए फूलकी कोपिला के भा छ तिमीलाई
अनि मात्रै गर्छु प्यारी, अजम्बरी माया
नढाटेर भन पहिला के भा छ तिमीलाई
बोल्न पनि छोड्यौ, मुस्कुराउनै छोडयौ
मेरी प्यारी शिला के भा छ तिमीलाई
नत जिन्दगी बुझ्यौ, नत केही गर्यौ
सपना छैनन् गतिला के भा छ तिमीलाई
महेन्द्र बहादुर बिष्ट
कमलबजार नगरपालिका १ अछाम
हाल केन्द्रीय क्याम्पस त्रिभूवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययनरत
मोबाइल नम्बर:९८४८५५४०६४
