
बनौँ मानव मान्छे हो, यो विश्व भर आज नै,
हिंसक नबनौ हामी , अहिंसक बनौँ न है ।
नगरौँ जीवहत्या है, कर्तव्य मानिसै बनी
जीव जन्तु सबैको नि, हकाधिकार हो भनी।
गाई पाउँन काटेरै, खान भन्ने कुनै पनि,
उनैको देशमा जाऊ, जस्ले खाऊ भन्या छ नि ।
गरौँ पालन कर्तव्य , पशुको अधिकार छ,
पशु हत्या निशेधैको, बनाऊ ऐन सांसद ।
