Skip to content

हनुमानजी र मेरो देश


कृपया हनुमानजी मेरो देशको सीमानामा
मेरो देशकै हिमालको बार लगाइदेऊ,
मित्रताको नाममा भित्रने सहलेशहरुलाई
सधैसधैको लागि बिदाइ गरिदेऊ,

मेरो देशलाई तिनको उपनिबेश ठान्नेहरुलाई
मेरै देशको पानीले फर्कन नसक्ने गरी बगाइदेऊ,
आऊ हनुमानजी तिमी मेरो देशमा आऊ
मेरो ओठको लुटिएको लाली मलाई फिर्ता गराइदेऊ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *