Skip to content

अधिक समय म आफ्नै कामकाजले मजबुर छुँ

अधिक समय म आफ्नै कामकाजले मजबुर छुँ
के हो जीवन ? दुःख या खुशी अन्दाजले मजबुर छुँ

दायाँ गयो खर्च, बायाँ गयो खर्च, यत्रतत्र खर्च
पैंसा भयो मेरुदण्ड तर अभावको राजले मजबुर छुँ

न देश उँभो लाग्दैछ, जनता झन् लाग्थे र कसरी !
समृद्धि खै कहिले पो मिल्छ ? गरीबको ताजले मजबुर छुँ

सोच्लान् आफन्त, कञ्जुस छ मान्छे, उहि त हो समाज
गरौं त कसरी, नगरौं त कसरी साँच्चै लाजले मजबुर छुँ

रोग पालेरै बस्ने विवशता, झनै कति रोलानी त्यो मन्
न त लाग्छ पत्तो बिमार कुनै उनको ईलाजले मजबुर छुँ

झलक पाली ‘झरना’
लक्ष्मीनगर–३, बिनोडा, जोरायल डोटी
हाल : दिपायल सिलगढी न.पा. १, सिलगढी, डोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *