कम से कम वाचा कसम खाएर त हेर
प्रितको गीत एक सुरमा गाएर त हेर
सिमित स्वार्थ पूरा गरि रमाउने तिमि
तिम्रै कारण जल्ने मनमा खुशी छाएर त हेर
बिगार्न र बनाउनमा सहजै छ बिगार्न त
सक्छौ फाटेको मन जुटाएर त हेर
पाक्ने नै भो खिचडी खाद्य सरजामको
कागले झैं ढुङ्गाको खिचडी पकाएर त हेर
असम्भव त केहि छैन चाहे सबै सम्भव
अटुट अनि चोखो माया लाएर त हेर
झलक पाली ‘झरना’
लक्ष्मीनगर-३, बिनोडा, जोरायल, डोटी
हाल : दिपायल सिलगढी न.पा.-१, सिलगढी, डोटी
(रचना मिति : २०७३ कार्तिक २ गते मंगलबार)
