अद्योगती हुन्छ त्यसैको, जो हुन्छ अकर्मण्य जन
बित्था बसी काट्छ दिन जो, हुन्छ त्यहि अकिञ्चन
अगध प्यार हुन्छ अखिलेशको, हुन्न भेद कसैकन
जो उद्यमी हुन्न त्यसैले, भोग्छ सदा क्रन्दन
निधी बोकी जन्म लिएको, हुन्न अदाच्छे जन
पसीना जो चुहाउँछ सर्वदा, हुन्छ त्यसैको धन
जो लाग्दछ नित्य कर्ममा, चल्छ सुखद गुजेस्ता
रित्तीन्न हात कहिल्यै उसको, गर्दछ जो घटा
पस्तैन मृग मुखभित्र कहिल्यै, सुतेर बस्ने सिंहको
धाउनु नै पर्छ चार दिशा उसले, साह्रा वन पाखाको
बसी–बसी विलासितामा, मग्नमस्ती नखोज
त्यो पाउँछ ऋद्धि जो गर्छ कष्ट, त्यै पाउँछ सन्तोष
झलक पाली ‘झरना’
लक्ष्मीनगर-३, बिनोडा, जोरायल, डोटी
हाल : दिपायल सिलगढी न.पा.-१, सिलगढी, डोटी
