Skip to content

साँच्चै दुनियाँमा खुशी छरेर देखाउ

भो ओज नहाँक, बरु गरेर देखाउ
साँच्चै दुनियाँमा खुशी छरेर देखाउ

ठूला सागर सजिलै तर्छु नभन
बरु स–साना जँघार तरेर देखाउ

एकसरो लाउन, खान, बस्न नहुनेलाई
सब्को मनमा उल्लास भरेर देखाउ

गरिबी, अशिक्षा, महँगी उस्तै छ यहाँ
हो साँच्चै विकासमा अघि सरेर देखाउ

खुशी त सबै हर्छन् कुरा दुःखको पो हो
अतः सबैका दुःख र दर्द हरेर देखाउ
साँच्चै दुनियाँमा खुशी छरेर देखाउ

झलक पाली ‘झरना’
लक्ष्मीनगर–३, बिनोडा, जोरायल डोटी
हाल : दिपायल सिलगढी न.पा.-१, सिलगढी, डोटी
(रचना मिति : २०७३ बैशाख १० गते शुक्रबार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *