मलाई आफ्नो भन्ने मान्छे तर्किए झै लाग्यो
दोबाटोमा अर्कैलाई पर्खिए झै लाग्यो
आउनु हजुर चौतारीमा गीत गाउँला भन्थ्यौ
दोहोरी र रोदीघरमा प्रीत लाउँला भन्थ्यौ
त्यति मीठो बोल्ने मान्छे झर्किए झै लाग्यो
तिमी मेरो जिन्दगानी तिमी घामजून
गाह्रो हुन्छ भन्थ्यो तिमीसंग टाढा हुन
सूर्यमुखी फूल अन्तै लर्किए झै लाग्यो
स्वर: स्वरुपराज आचार्य
