
छोरो गणेश जन्मेको ,शिव चालै न पाउने,
द्वार पाल बनेको छ ,बाबु भन्नै नपाउने।
विदेशबाट फर्केका , बर्षौँ पछि घरै पुगे,
द्वारपाल खडा देखे, संग्राम ऊ सितै गरे।
घम्सा घम्सी भयो त्यहीँ, शिरच्छेदन नै गरी,
क्रुद्ध हुँदै पसे भित्र, सोद्छन् त्यो वीर को भनी?
गणेश नाम उस्को हो, मेरै प्रथम पुत्र हो,
नारीको सृष्टि गर्ने नै , पहिलो अधिकार हो।
मात्रृसत्ता थियो त्यहाँ, नारीको अधिकार हो ,
बाबुले नचिन्ने केटो, छोरो मान्नै परेछ हो।
कलीमा पार्वतीभन्दा , कुनै क़ुरा कमी छत ?
जन्माउने बिना ब्याहा अधिकार छदै छत !
अबिवाहित आमाको, कानूनी हक देउ है,
उताकै कोर्टमा जान, बाद्ध्य अब नपार है,
मात्रृसत्ता बनाएर, राम्रो नेपाल बन्दछ,
सत्ता पुरुषको फाली,बल्ल नेपाल बन्दछ
लोकतन्त्र दिएको यो, पुरस्कार यही छत,
यस्तै यो लोकतन्त्रमा, नेपालै रहने छत ?
