Skip to content


कवि, गीतकार, साहित्यकार तथा गायक सुरेन्द्र महर्जन “अमर” को कृति उपन्यास “मिस्ड कल” राष्ट्र कवि माधव घिमिरेबाट सार्वजनिक भएको छ । विभिन्न विद्या कविता, गीत, मुक्तक, हाइकु, तान्का, कथा, लधु कथा, गीतिनाटक, उपन्यास आदि क्षेत्रमा कलम चलाउँदै आउनु भएका “अमर” गायन क्षेत्रमा पनि सकृय देखिन्छन् भने “अमर” उपन्यास लेखनमा पनि सकृय नै छन् । २०४२ सालदेखि निरन्तर साहित्य सृजना गर्दै अमरले नेपाली साहित्य फाँटमा फेरि एउटा साहित्य सिर्जना गर्नुभएको छ ।

एक गरिब नारीको कथा मिस्ड कलका कारण के के हुन्छ भन्ने कुरा यस उपन्यासको कथामा समेटिएको छ । कथा सत्य घटनामा आधारित भएको उपन्यासकारले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्र कवि माधव घिमिरेले सुरेन्द्र महर्जन “अमर” त्यो दिप हो जो सूर्यको किरण त नभनु तर आशाको किरण जस्तो उज्यालो सबैको हित चाहने आशाको किरण भएको बताउनु भयो भने निरन्तर साहित्य सिर्जना गर्दै अमरले विगत लामो समयदेखि धेरै साहित्यिक कार्यक्रम गरेको र लेखन क्षेत्रमा आफ्नो रचनामा साहित्य सृजना गरेर नेपाली साहित्यमा एउटा अर्को ईट थपेकोमा बधाई अनि शुभकामना पनिदिनु भयो ।

पत्रकार, उपन्यासकार, साहित्यकार एवं गायक कुसुम भट्टराईले उपन्यासको समिक्षा गर्नुभएको थियो । जिन्दगीमा दु:खपछि नै सुख आउने कुरामा कुनै दुई मत नभएको र सबैले एक पटक यस उपन्यास अध्यन गर्नुपर्ने बताउनु भयो । अमरले लामो समयदेखि साहित्य सिर्जना गरेर गीतहरू गाएर नेपाली साहित्यमा नयाँ आयाम थप्नुभएको र साहित्य सृजना गर्नुभएकोमा बधाई पनिदिनु भयो भने मिस्ड कल भन्नाले सबै मिस्ड कल उपन्यासभित्रको मिस्ड कल जस्तो नहुने पनि बताउनु भयो । होस् गर्नु होला मिस्ड कल आयो भन्दैमा मिस्ड कलकै पछि पनि नलाग्न सल्लाह सुझाव दिनु भयो । मिस्ड कलले कसैको जिन्दगी बर्वाद भएको पनि छ यसकारण आफूले आफ्नो सुरक्षा गनु होला भन्ने जानकारी दिनुभयो । उक्त कार्यक्रममा गीतकार, कवि तथा पत्रकार पुष्करराज बुढाथोकी “साउँतेलीले” पनि अमरको कृति मिस्ड कलको विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *