नखाई नखाई भए पनि स्नेह गर्नु पर्दो रहेछ
नलाई नलाई भए पनि माया गर्नु पर्दो रहेछ
निद्रा मारी मारी पनि सुताउनु पर्दो रहेछ
आफू भोकै भए पनि चुसाउनु पर्दो रहेछ
आफू रोग बोकेर पनि निरोगी पार्नु पर्दो रहेछ
आफूले जितेर पनि हार्नु पर्दो रहेछ ।
आफूले हारेर पनि जित्नु पर्दो रहेछ
अहै आमा ममा कति भाग्य रहेछ ।
नखाई अघाउनु पर्ने भाग्य लिएकी छु
पानीसम्म पनि नपिई अमृत पिउन दिएकी छु ।
मलाई छोराछोरीको सारै चाहा भयो
आमा हुनुको अर्थ बल्ल थाहा भयो ।
