यम नियम
नराम्रो नठानौँ असत्यै नबोलौं,
सवै धर्म भन्छन् नि झूठो नबोलौँ।
नमीठो नखाने केही छैन भन्छौँ,
छ आँसू र माँसू नभै हुन्न खान्छौ ।
छ आँसू र मासू विषालू नछोऊँ,
हुनेछौँ बिरामी त पक्कै बुझेऊँ।
नमानी भनेको गरेको सँच्याऊँ,
बिचारै हटाई अहारा न खाऊँ ।
भुजंगप्रयात छन्द।
।ss !ss !ss !ss
