Skip to content


पिताजीको अवसानपछि आध्यात्मिकताको पथ अंगीकार गरी अगाडि बढ्दा समाजले एउटा छुट्टै विधाबाट विकासको लहर पैदा भएको आभाष गरेको छ । यो क्षेत्रको मेरो कार्यकाल दृष्टिगोचर गर्दा समाजको भौतिक समुन्नयनलाई मात्रै हेर्न सकिन्न, चार पक्ष्ाले समाज समृद्धिको बहुआयामिक मान्यता विकास गरेको छ ।

समाजको भौतिक उन्नतिको बाटोमा यसले गरेको योगदानले राष्ट्रमा छुट्टै पहिचान दिलाएको छ । समुन्नतिमात्र पनि होइन । गरिब, असहाय तप्कालाई शिक्ष्ाा, स्वास्थ्य र यस्तै अन्य सेवा प्रदान गर्नु यसको सार्थकता हो । यसले सरकारको विकास निर्माणको कदमलाई टेवा प्रदान गरेको छ । सरकारी मुख ताक्ने र अल्छीपनको भावना अन्त्य गरी जागरुकता प्रदान गरेको छ ।

समाजमा रहेको निस्क्रिय पुँजीलाई सक्रियतापूर्वक समायोजन र दानकर्ताको समाजप्रतिको उत्तरदायित्व अर्काे यसको पाटो हो । सामाजिक भौतिक समुन्नयनमा सरकारले आह्वान गर्दा ज्याला खोज्ने र अल्छीपना देखाउने तर यज्ञ-यज्ञादिमा सरिक भई तन, मन, धन र वचनले दान गर्नु अत्यन्तै अनुकरणीय एवं दर्शनीय कर्म सफलतापूर्वक छर्न पनि यो अभियान सक्ष्ाम भएको छ । यस्तो क्रियाकलापमा लाग्दा सामाजिक एकताको एउटा छुट्टै नमुना अनुभूति गर्न सकिन्छ । उदाहरणको लागि मैले वाचन गर्ने कुनै पनि यज्ञमा जातीय, लैंगिक, साम्प्रदायिक एवं राजनीतिक विभेद हुँदैन ।

समाजमा विद्यमान रूढी र पुरातनवादी सोचबाट ग्रसित हाम्रो समाजलाई सकारात्मक मान्यतातर्फ उन्मुख गर्न यज्ञबाट अपेक्ष्ााकृत उपलब्धि भएका छन् । जसले गर्दा एकता, सामञ्जस्यता, प्रेम, सद्भाव सिर्जना भएको छ । विगतमा देखाइएका एवं लगाइएका कथित छुवाछूतलाई समूल नष्ट गर्नका लागि पनि ठूलो टेवा पुगेको छ । सामाजिक विभेद अन्त्य गर्ने थलोको रूपमा हाम्रो अभियान सार्थक भइरहेछ ।

आध्यात्मिकता शान्तिको द्योतक हो भन्ने कुरा पनि हामीले स्पष्ट रूपमा प्रवाह गर्न सकेजस्तो लाग्छ । आध्यात्मिकताको कुनै सीमा छैन । यसको अर्थ पूजापाठ, नित्यकर्म मात्रमा सीमित छैन । यसको अपरोक्षा अर्थ भनेको नैतिक आचारसंहितासँग छ । नैतिक आचारसंहितामा जब व्यक्ति अगाडि बढ्छ, उसले शान्तिको बाटो रोज्छ । व्यक्तिले अवलम्बन गरेको शान्तिको बाटोले समाजमा शान्ति स्थापना गर्छ । राष्ट्रमा दीर्घकालीन शान्ति स्थापना गर्छ । त्यसैले हाम्रो अभियानले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा शान्ति स्थापनामा टेवा पुर्‍याएको छ । यो पक्ष्ालाई राज्य संयन्त्रले गहनतापूर्वक दृष्टिगोचर गर्न मेरो विशेष आग्रह र अनुनय-विनय छ ।

धार्मिक अभियानमा वैज्ञानिकता यसको अर्काे सकारात्मक प्रभाव हो । त्यसैले विज्ञानसम्मत धार्मिक व्याख्यामा हामीले जोड दिँदा यज्ञमा अहिलेका युवायुवतीहरूको पहिलेको तुलनामा बढी नै घुइँचो लाग्छ । युवालाई द्वन्द्वात्मक अवस्थामा होइन, केवल रचनात्मक भूमिका र विकास निर्माणको पाटोमा अग्रसर हुन गहन ढङ्गबाट भूमिका खेलेको छ । मैले भन्ने पनि गरेको छु,, यो अभियान धार्मिक, सांस्कृतिक क्रान्तिको एउटा नमुना हो । यसले समाजमा अस्तित्वमा रहेका संस्कृति-संस्कृतिको मेल गर्छ । थारूले मान्ने संस्कृति तामाङले मान्ने, तामाङले मान्ने संस्कृति बाहुनले मान्ने, बाहुनले मान्ने संस्कृति मगरले मान्ने यही हो सांस्कृतिक सामञ्जस्यताको सार्थकता । सामाजिक सद्भाव तथा मेलको मार्ग ।

नेपाली राजनीतिमा देखिएको टकरावले संघीयतामा पार्ने जातीय विखण्डनलाई अन्त्य गर्न पनि आध्यात्मिक कार्यक्रम अत्यन्तै फलिभूत हुनआएको छ । जातीय संघीयताले राष्ट्रिय अखण्डतामा आँच पुर्‍याउन सक्ने सम्भावना पनि छ । तर धार्मिक क्रियाकलापले अस्तित्वमा रहेका हरेक जातजातिको आत्मसम्मान र समुचित भावनाअनुरूप सहज स्थान प्रदान गर्छ । हामीले सञ्चालन गर्ने यज्ञमा साम्प्रदायिक एवं जातीयभन्दा सामाजिक स्वार्थ बढी हुन्छ । आज त्यही चाहिएको छ, मुलुकलाई । वास्तवमा जातीय अस्तित्वको आधार संस्कृति र संस्कृति-संस्कृतिको मेल नै सांस्कृतिक नवक्रान्ति हो । राज्यपक्ष्ाले यसलाई पनि गहनतापूर्वक लिनुपर्छ ।

यही क्रान्तिका प्रतिपादक वाचन शिरोमणि पं नारायणप्रसाद पोखरेलको आजैको मितिमा ०६२ सालमा निर्ममतापूर्वक पाञ्चभौतिक शरीर नष्ट गर्ने काम गरियो । तथापि आजसम्म पनि राज्यपक्ष मौन रहनु उदेकलाग्दो छ । एउटा सामाजिक द्योतकलाई मरणोपरान्त सम्मान र श्रद्धा समर्पण गर्नु राज्यको दायित्व हो । यसमा राज्यपक्ष्ा उदासीन हुनु अत्यन्तै दुःखलाग्दो पक्ष्ा हो । अझै आशा छ, राज्यले उहाँलाई ढिलै भए पनि सम्मान गर्न चुक्ने छैन ।

2009-05-05 20:25:41

Leave a Reply

Your email address will not be published. Required fields are marked *