तिर्खा मेट्ने पानीले
तृष्णा मेट्ने नानीले।।१।।
के साह्रो हो कुन्नी
लाज मान्ने सानीले।।२।।
नजिक हुन्न म त
आँखा ताने बानीले।।३।।
कस्तो उनी लजालू
टाढा जाने तानीले।।४।।
भिक्षा माग्दा भोकमा
भिक्षा दिने दानीले।।४।।
माग्नै पर्छ हात त्यो
आए हुने जानीले।।५।।
