Skip to content

दुई वर्षमा नै उनले माया अन्तै जोडी गइन्

दुई वर्षमा नै उनले माया अन्तै जोडी गइन्
सरुवाको बाहानामा उनले वाचा तोडी गइन्।।१।।

साँच्चै छाडेर गइन् भौगोलिक सिमा पार गरी
जिवनका अप्ठारा सबै घुम्तीहरु मोडी गइन्।।२।।

आत्मा एकै धड्कन हाम्रो भन्दै सपना देखाइ
एक्लै पारेर बिच बाटोमा झुक्याई छोडी गइन्।।३।।

उन्कै लागि भरिएको हृदयको घैंटोभरी माया
सुखले पट्टी बाँधी आँखा त्यही घैंटो फोडी गइन्।।४।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *