Skip to content

धेरै आउछन् अनलाइनमा गफगाफ नि गर्छन्

धेरै आउछन् अनलाइनमा गफगाफ नि गर्छन्
अदृश्य अफलाइनमैं कोहीले त आँखा तर्छन्।।१।।
केही छैन खै बिगारेको केलाई कुन्नी रिस्याका हुन्
शब्द संगिन अनलाइनमा कोहीले त घोची मार्छन्।।२।।
कस्तो कस्तो शिल स्वभाव कसैको त बुझ्न गाह्रो
हेलो भन्दै अनलाइनमा कोहीले त तिर्खा मार्छन्।।३।।
… बुझ्न गाह्रो स्वभाव त्यो चाला असल छ की छैन
अनेक गफ छाटी पछि कोहीले त व्यङ्ग्य मार्छन्।।४।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *