Skip to content

बगैचामा माली छैन

  • by


मुर्झाइ सके फूलहरु बगैचामा माली छैन
बनझारले डसिसक्यो कुनै बोट खाली छैन

पातो खोपिएका चोर रैछन साँधु बनी आए
अनुहारमा लेख्या भे पो, छान्न पनि जाली छैन

बारुद रोपी शान्तिको सुबास आउथ्यो र कहाँ
ढलाए माटो मुखमा माँड लाउने बाली छैन

धोत्रायो कि धमिराले कि त मुसा पसे जगमा
भात्किएछ घरै अब त,ओत लाग्ने पाली छैन

झुन्ड झुन्ड चन्ड मुन्ड असुरै कै राज भो अझै
अत्याचारी बध गर्ने कलियुगमा काली छैन

सिनो भएछ विश्वाश सदभाब बेवारीस भै
गनाएको यो बिक्रिती निकास हुने नाली छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *