किन भन्छ मलाई आज उसले
जयमायाको छोरो
जसरी तिमीले जयमायालाई
टकाबमै छाडयौ
एक्ली र टुहुरी पारेर
बिचरा जयमाया कहाँ छे
उसको भविष्य टकाब जस्तै छ अचेल
न टेक्ने धरती
न ओडने आकाश
धिक्कार लाग्छ इतिहास
जयमायाको इतिहास
जयबहादुर र सुबेदारको कथा
धिक्कार लाग्छ ! केवल धिक्कार
सुनेको छु उसका छोराको रगतले
शिमारेखा कोरेका अरे
एउटा हरिभक्त कटुवाल अरे
अरु दुर्गा मल्ल,रामसिह ठाकुरी र दलबाहदुर गिरी अरे
जयमाया र जयबहादुर असहाय हुदैछन अरे
असुरक्षित बन्दै छन् अरे
रगतको पसिनाले सिचेको खोरिया
बर्सेनि ब्रमपुत्रले छेउ काट्टछ अरे
त्यस बेला बारीको छेउसँगै मन फाट्टछ अरे
जयमाया टकाबमै पसेको भएको
इतिहासको कालो पृष्टमा जयमाया अमर रहन्थी
तर घरिघरि जयमाया किन सोद्धछ अचेल?
म बिमारी भएको बेला जयबादुर खोज्छ अचेल
म लखतरान छु आज
अब बताई देऊ उसलाई
कहाँ छे जयमाया
देखाई देऊ तेसलाई
को हो जयमाया
एकातिर म दुखेको छु
अर्कातिर जयमाया दुख्छे
बीचमा छ…
धमिलो टकाब
यदि हाम्रो शिरानीमा राखे
खियापरेको चिनारीमा
साध लगाउन परेछ भने
जयमायाको कथा नयाँ लेखिने छ
जयमाया, जयमाया होइन
जयमाया बन्ने छे ।
✍पुरन के भण्डारी,
पश्चिम सिक्किम, भारत ।
