आइज निदरी छुनुमुनु छुनुमुनु आइज
आइज निदरी आइज
रातको रजाइँ गुनुनुनु गुनुनुनु आइज
आइज निदरी आइज
पुतलीको प्वाँखसरी राम्रो बन
मजुरको प्वाँखसरी राम्रो बन
चन्द्र र सूर्य तारागण घुमी
कथा कहानी बाबालाई हाल्न भ्याइज
आइज निदरी आइज
धरहराको टुप्पा टुँडिखेल झल्काई
सगरमाथासित संसार गम्काई
रुस, चीन, अमेरिका सुन्दर धाई
रंगीचंगी फलफूल लिई दर्शाइज
आइज निदरी आइज
झिलिमिली बत्ती गललल हाँसो
पुतलीका ताँती सललल जाँतो
हरहर झिमझिम सरपट ताँतो
हात्ती, घोडा, मोटर, रेल, उलिन्काठ चढाइज
आइज निदरी आइज
रातको सपना जपना तयारी
बाबाको राजा रानीको भकारी
माछाको खाजा फूलको तरकारी
जिराको पाचा दही दूध तारी पुस्टकारी रचाइज
आइज निदरी आइज
शब्द, संगीत – कलानाथ अधिकारी
स्वर - अमृत गुरुङ (नेपथ्य)
एल्बम – भेडाको ऊन जस्तो
