Skip to content

यस्तै माया गर काली

तिमी लेक म बेसीमा, बेसीतिरै झर काली
जुनी जुनी मुटुभित्र सजाएर यस्तै माया गर काली

फुल तिमी भमराले दु्ख देलान, नजाऊ पर पर काली
कहिले हुने हामी दुई देउरालीको पीपल-बर जस्तो काली

किन सर्माई पर जान्छ्यौ, अलि नजिक सर काली
हामी बिचमा खहरे छ, बरु यतै तर काली

उजाड भो जिन्दगानी तिमी रङ भर काली
धर्मो धर्म माया गर्छु, किन डर मान्छेउ काली

कहिले होला तिम्रो मेरो एउटै हुने घर काली
जवानीको बगैंचामा फुलको रस छ, मौरी बनी चर काली

Leave a Reply

Your email address will not be published. Required fields are marked *