उदाएको सूर्य
मानव जीवनमा
न्यानो प्रकाश
सबको आश
आशैआसमा
हृदयमा पनि बाँस बस्ने
जब विश्राम केही पल सूर्यको
चन्द्र मुस्कुराउनु
ताराहरूसाथमा हँस्टेमा हँस्टे गर्दै
टिलपिल जताततै चम्कन्छ
नालापानी होस् या काला पानी
हिमाल पहाड जताततै चम्कन्छ्न
विश्वभरी चन्द्र सूर्य पालैपालो मुस्कान छर्छ
कसैको हैन सबैको बनेर
सुन्दर नेपालको झण्डामा पनि
हिमाल तराई पहाडमा
नेपालीको आफ्नो
देशको सान नेपालीको गौरव बनेर
संसारमा नेपाली झण्डा
चन्द्र सूर्य बनी
युगौंदेखी अब युगौंसम्म
जताततै फरफराइरहने छ
जय नेपाल जय देश ।
