Skip to content

निर्धक्क छुँ म


विचारमा अडिग छुँ
निर्धक्क छुँ म
न पक्ष न विपक्ष
तथ्यमा निष्पक्ष हुँ म
जन्मजात मेरो स्वभावै भयो
के गुण के अवगुण
केलाएरै छोड्ने ।

भनिन्छ गणतन्त्र यहाँ
हैकमले डेरा
जमाएकै पाउँछु
चाप्लुसी चुक्ली
गुलामी कायम छ
झुकिन्न आफू
चुकिन्न कतै
कोसँग डराउने ?

अनुभूति छ मेरो
पानी उमाल्दा
किटाणु सल्बलाउँछ
फरक होइन क्यै
कमजोरी केलाउँदा
डगमगाएको मात्रै
सच्चिदेऊ पुग्छ ।

गरिब देशको
म गरिब पत्रकार
तर पद्धती
सबै बुझेको
सचेत नागरिक हुँ
खबरदार
भ्रष्टहरू हो
बढार्ने हिम्मत छ ।

रत्यौली भोजमा
सँगै रमाउने
कमजोरी पनि
जानाजान ढाक्ने
आस्था मिलेका
सच्चा पत्रकार
अरु सबै बेकार !

ख्याल गरे हुन्छ
पाप धुरीबाट कराउँछ
सत्य सत्य नै हो
नियतको पिरती
खहरे हुनेछ
भेल उर्लिएला
तर सुक्नेछ ।

सबै खोला
नदी मै मिल्छन्
हामी नदी हौ
अनवरत बग्छौं
गन्तव्य
समुद्र भेट्न
हो
निर्धक्क छुँ म
भेट्टाई छोड्छौं ।

झलक पाली “झरना”
लक्ष्मीनगर-३, जोरायल, डोटी
हाल : सिलगढी, डोटी
रचना मिति २०७३ पौष ९ गते शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *