दोबाटोमा भेटेजस्तो लाग्छ तिमीलाई
चौतारीमा देखे जस्तो लाग्छ तिमीलाई
आखिर तिमी को हौ को हौ कहाँबाट आयौ
कता कता चिनेजस्तो लाग्छ तिमीलाई
अहिलेकै जन्ममा वा पहिलो जन्ममा हो
आफन्त नै हो कि जस्तो लाग्छ तिमीलाई
किन यस्तो लाग्छ मलाई केही थाहा छैन
मेरो मनमा बसे जस्तो लाग्छ तिमीलाई
