जनक, वुद्ध सीता अनि भृकुटीको देश
वीर अमर नेपालीको पाइलामा लाग्या छैन ठेस
आजसम्म हाम्रा पुर्खा झुकेन्नथे कहिले
दाज भाइ आपसमा किन लडछौ अहिले ?
हे बुद्ध यहाँ फेरि हामीलाई शान्ति पठाइदेऊ
सबै जाति मिली बस्ने बाटो देखाइदेऊ ।
हम्रो देश दोश्रो ठलो जलश्रोतको धनी
१८ घण्टा लोडसेडिङ पाउने हामी भाग्यमानी
हम्रो हैसियतभन्दा बढी मल्यबृद्धि सुन्छौ
ग्याँस पाइएन भन्दै हामी वीर कहाँ रुन्छौ ।
हे बुद्ध यहाँ फेरि हामीलाई शान्ति पठाइदेऊ
जलश्रोतको सदपयोग गर्न सिकाइदेऊ ।
बाटो खाए, पुल खाए, रुख खाए टन्न
देश खाएर अघाइसके के को खान्थे अन्न
युवाहरूको रेमिटयान्सले धानेको छ देश
भ्रष्टचार बढदै गए रहदैन शेष
हे बुद्ध फेरि हाम्लाई शान्ति पठाइदेऊ
भ्रष्टचार अन्त्य गर्ने बाटो देखाइदेऊ
भाँचे सहाराको लौरो, खोसे सिन्दुर काख
खुसी दिने बेला चै बिर्से तिनका आशा
समय हुदै बैठक बस्न होटल रिसोट चहारे
ख्याल ठटटामा यी दलले माघ ८ टारे
हे बुद्ध फेरि हाम्लाई शान्ति पठाइदेऊ
यी नेतालाई जिम्मेवारी बोध गराइदेऊ
अलिकति बचेको यो शान्तिलाई बचाऊ
हातेमालो गर्दै हिडी नेपाल आमा हँसाऊ
सबै जाति मिली बस आफ्ना आफनै भेषमा
जतात्यतै आन्दोलन रे शान्ति कहाँ छ देशमा ?
सौगात शर्मा धिताल
दानाबारी ३ इलाम
