बाह्रमासे फूल हो कि तिम्रो जवानी
बाह्रै महिना जताततै फुलिरहनी
गुलाबी छ बदन तिम्रो छोउँ छोउँ लाग्ने
अधरका ती भरी प्याला पिउँ पिउँ लाग्ने
ज्योतिभरि नयन तिमीलाई कस्ले सापट दियो
शिरको कालो बादलले मनै अल्झाइदियो
मेरो मनले रोज्यो तिमीलाई केही नभनी
बाह्रमासे फूल हो कि तिम्रो जवानी
चञ्चल तिम्रा पाउचाल हेरिरहुँ लाग्ने
मुस्काउँदाको हिस्सी तिम्रो चोरुँ चोरुँ लाग्ने
खुश्बुभरि वदन तिमीलाई कस्ले पैँचो दियो
तिम्रो शासको मादकताले वेहोश पारी दियो
मेरो मनमा बस्यौ तिमी केही नभनी
बाह्रमासे फूल हो कि तिम्रो जवानी
कटुञ्जे-६, भक्तपुर
