Skip to content

किन जिन्दगी रहरभन्दा

  • by

किन जिन्दगी रहरभन्दा नि कर हुन्छ
भूत सताउँछ भविष्यको सधैं डर हुन्छ

बिग्रदैमा सबै कुराको महत्त्व घट्दैन
नाम बिगारेर लेखेसी नै हस्ताक्षर हुन्छ

तिमी जे सोचेर पन्छाउन मरिमेट्दै छौ
म भन्छु आमा भए पो सुन्दर घर हुन्छ

हरेक कुरामा तिमीलाई जित्नै पर्छ सधैं
जिद्दीपनको न ओखती न त भर हुन्छ

समयले पुर्‍याउला नपुर्‍याउला जे होस्
हर मान्छेमा अनौठो-अनौठो रहर हुन्छ

२०७८/५/०४ दाङसिङ नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *