आजसम्म प्रिय मैले केही सोचिन,
किन थाहा छ,
सहरका गल्ली गल्लीमा हिड्दा साथ दिने
त्यो चोर औला थिएन
नेपाल यातायात र टेम्पोमा निदाउदा अडेस लाग्ने
काध थिएन,
सिनेमाहल र रेस्टुरेन्टमा प्रर्फिउमको
बास्ना थिएन,
ब्यालेन्स भयपनी contact लिस्टमा नाउ थिएन,
फेसबुक र इन्स्टाग्राममा so cute,beautiful gorgeous
भन्ने मेरो बानी थिएन,
थाहा छ किन?,
किनकि मेरो जीवनमा तिम्रो साथ नै थिएन।
हेर्ने नजर होकि,नजर तान्ने तिमी राम्री हौ
हो कि कतै तिम्रो रातो Flared ड्रेस
तर जे होस सार्है राम्री देखियकी छौ प्रिय,
जब तिमी आयौ बियरका बोटल होइन,
लस्सिका बोटल रित्तीन थाले,
चुरोटका खिल्ली होइन,डेरि र क्याटबरिका
प्याक रित्तीन थाले,
क्या जोडि छ यार,हामीलाई नि चिनजान गरा न
भन्दै साथीभाइ जिस्किन थाले,
हो यी सबै तिम्रै आगमनले भयका हुन
मलाई छोडी नजाऊ है प्रप्रिय
पहिले वाईफाईको सिग्नल पाउँदा
खुसी लाग्थ्यो,
अहिले बिना सिग्नलमै तिम्रो मेसेज seen reply गर्न पाउँदा
खुसी लाग्छ,
हप्तामै यकदुई चोटि बोलचाल हुन्छ हाम्रो
तिम्रो सुमधुर बोलीको रेकर्ड गरिरहु जस्तो लाग्छ,
मेरा हावादारी कुरामा तिमी हाइड्रोजन मिसाइल फ्याक्छेउ,
मनमा चस्स छुन्छ प्रिय अनि,
आँसु बनी यी नयनबाट बगिरहेको जस्तो लाग्छ।
सानोमा क पछि ख है भन्दै सोध्दै सोध्दै लेख्थे,
आज नौलो काम गर्दा तिम्रै सहारा लिन्छु प्रिय,
थाहा छ यो सबैतिम्रै आगमनले भयका हुन प्रिय।
नसोध कि कत्ति माया गर्छौ भनी,
पूर्णिमाको जुन र औंसीको रातलाई !!
झै माया गरिराख्नेछु,
किनकि पूर्णिमाको जुनलाई मबाट टाढा नजाओस भन्थे,
तर जानैपर्ने रहेछ तेसरिनै औंसीको रातमा जुनलाई
कुरेर बसे झै कुरिरहनेछु,
हर क्षण तिम्रो लागि,मात्र तिम्रो लागि
के मेरो जीवनको सहारा बन्न सक्छौं प्रिय।
(*propose day scenery)
