Skip to content

ए मलाई माया गर्छु भन्ने हजुर

  • by


ए मलाई माया गर्छु भन्ने हजुर
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको माया आइपुगेन मलाई
बरू आई मलाई सताउने गर

भावनामा नआऊ तिमी यादमा नआऊ
तन्नेरीको सपनामा जस्तै स्वादमा नआऊ
प्रीतिको फूल टिप्न पर्छ भने
काँडादेखि डराई नभाग्ने गर

मान्छे के के भन्छन् तिमीलाई मनले के के भन्छ
साँचो कुरा भन मलाई एक दिन त भेट हुन्छ
नलुकाई मनका सारा विम्वहरू
मन खोली मलाई देखाउने गर

शब्द, संगीत – गोपाल योञ्जन
स्वर – नारायण गोपाल
एल्बम – मीतज्यू (गीति एल्बम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *