कुनै दिन फेरि हामी हिजोअस्ति झैं खुसीमा रमाउँला
याद गर्छु सधैंं तिम्रो काम सकाइ चाँडै घर फर्कूला
हाँसो होस् हिजो अस्ति झैं सँगसँगै रमाउँला ।
घरको याद नआको हैन आँखैमा तिमी बसे छ
परदेश बस्ने रहर हैन कामले आज टाढा भए छ,
चाँडै आउँछु घर सम्झी प्रिय मायासँग माया साटौंला
याद गर्छु सधैं तिम्रो काम सकाइ चाँडै घर फर्कूला ।
जन्मेको घर सुन्दर नेपाल बिर्सी अन्त जाने कुरा सोच्दिन
मन्दिरै मन्दिरको पुन्य भूमि छोडेर म अब टाढा जाँदिन
फर्केर फेरि जान्न परदेश देशमा बसी दु:खसुख साटुँला
याद गर्छु सधैं तिम्रो काम सकाइ चाँडै घर फर्कूला ।
